पुनर्वास खबर शनिबार १३, मङि्सर २०७७ ०७:४४
धनगढी । टिकापुर-खक्रौला ४ लेन सडकको शनिबार शिलान्यास गरिएको छ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा योजना मन्त्री बसन्त नेम्वाङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उक्त ४ लेन सडकको संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
लम्की-टिकापुर-खक्रौला सडक (२१ किमि २ लेन) र (६ किमि ४ लेन) सडक शिलान्यास गरिएको हो । कुल २९ किलोमिटर लम्बाई रहेको सो सडक बिगत लामो समय देखि खाल्डाखुल्डीले यात्रुहरु हैरान बनेका थिए ।
अब उक्त सडक निर्माणको शिलान्यास भएपछि स्थानीय उत्साहित भएका छन् । शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्यहरु, नेकपाका नेता, नगरपालिकाका प्रमुख लगायत जनताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस