२०७७ माघ १० गते शनिबार | 23 January, 2021

बडिकेदार मेला आज र भोलि : यो वर्ष मेला नहुने

पुनर्वास खबर शनिबार १३, मङि्सर २०७७ ०१:४०

बडिकेदार मेला आज र भोलि : यो वर्ष मेला नहुने

डोटी । सुदूरपश्चिम प्रदेशको बडिकेदार मेला यो वर्ष नहुने भएको छ । डोटीको बडिकेदार गाउँपालिकामा लाग्ने मेला कोरोना सङ्क्रमण जोखिमका कारण यो वर्ष नहुने भएको हो ।

मेला नहुने भएपछि आज र भोलि पूजा मात्रै हुने भएको छ । बडिकेदार मेलामा देशका विभिन्न ठाउँ तथा छिमेकी देश भारतबाट समेत भक्तजन दर्शन गर्न आउने गरेका छन् ।

बडिकेदार-५ को उच्च लेकाली डाँडामा मेला लाग्ने गर्छ । बडिकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभरि यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ ।


#सुदूरपश्चिम #डोटी

प्रतिकृया दिनुहोस