२०७७ माघ १० गते शनिबार | 23 January, 2021

कञ्चनपुरमा सशस्त्रका इन्स्पेक्टरबाट नेपाल प्रहरीका हवल्दार कुटिएपछि...

पुनर्वास खबर शनिबार १३, मङि्सर २०७७ १२:५८

कञ्चनपुरमा सशस्त्रका इन्स्पेक्टरबाट नेपाल प्रहरीका हवल्दार कुटिएपछि...

कञ्चनपुर । कञ्चनपुरमा सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला विवाद हुँदा नेपाल प्रहरीका हवल्दारमाथि कुटपिट भएको छ। 

बिहीबार सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला आपसी विवाद हुँदा बीओपी बैसाखीका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण अधिकारीले बेलौरीको फटैया प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र खडायतमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलकुमार खड्काले डिउटीमा खटिएका बेला प्रहरी हवल्दार खडायतमाथि कुटपिट भएको बताए। आपसी विवादका क्रममा कुटपिट भएको बुझिएपनि घटनाबारे अनुसन्धान जारी रहेको खड्काले बताए ।
 


#कञ्चनपुर

प्रतिकृया दिनुहोस