२०७७ माघ १० गते शनिबार | 23 January, 2021

कस्तो रहला आज दिनभरको मौसम ?

पुनर्वास खबर शुक्रबार १२, मङि्सर २०७७ १०:०५

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।अहिले देशभर आंशिक देखि सामान्य बदली रही सुदूर पश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भएको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदलि र बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदलि रही अन्य भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


#मौसम

प्रतिकृया दिनुहोस