पुनर्वास खबर मङ्गलबार ०९, मङि्सर २०७७ ०२:०३
कैलाली । कोरोना भाइरसको महामारीकाबीच आज कक्षा १२ को परीक्षा सुरू भएको छ । संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आज सुरु भएको हो ।
४० प्रतिशत अंकका लागि लिइएको पहिलो दिनको परीक्षा ८ बजे सुरू भएर साढे ९ बजे सकिएको छ ।बाँकी ६० प्रतिशतमध्ये कक्षा ११ उत्तीर्ण भएको आधारमा ४० प्रतिशत र २० प्रतिशत आन्तरिकरूपमा विद्यार्थीको मूल्यांकनबाट हुनेछ ।
कैलालीको धनगढी उप-महानगरपालिकामा पनि विभिन्न विद्यालय र क्याम्पसहरुले जनस्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरु पालना गरेर आजबाट कक्षा १२ को परिक्षा सञ्चालन भएका छन ।
नगरभित्रका विभिन्न क्याम्पस तथा विद्यालयहरुले परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्ने लगायतको व्यवस्था मिलाइएको छ।
प्रतिकृया दिनुहोस