२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

पाटन नगरपालिकामा सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

पुनर्वास खबर शनिबार ०६, मङि्सर २०७७ १०:२८

पाटन नगरपालिकामा सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

बैतडी ।  बैतडीको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ । 

बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । 

नगरपालिकाको बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए।

यस्तै बजार क्षेत्रका सौर्य सडक बत्ती मर्मतको कामसमेत भइरहेको उनले बताएका छन् । पाटन बजार क्षेत्रमा विसं २०७३ मा १३ ठाउँमा १३ लाख ५० हजारको लागतमा सौर्य सडक बत्ती जडान गरिएको थियो ।

सङ्घीय सरकारको १० लाख, पाटन नगरपालिकाको दुई लाख र स्थानीयको डेढ लाख रुपैयाँमा सौर्य सडक बत्ती जडान गरिएको थियो । यस्तै करिब पाँच लाख रुपैयाँमा विसं २०७६ को असारमा पाटन बजारका ११ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएका थियो ।


#बैतडी

प्रतिकृया दिनुहोस