२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन भयो छठ पर्व

पुनर्वास खबर शनिबार ०६, मङि्सर २०७७ १०:२५

उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन भयो छठ पर्व

काठमाडौं । छठ पर्वको विधिवत समापन भएको छ । छठ पर्वका बर्तालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको विधिवत अन्त्य गरेका हुन् । तिन दिन सम्म मनाईने छठ पर्वमा बर्तालुले सुर्य भगवानको पुजा आराधना गर्ने गर्छन् । हिजो साँझ बर्तालुले अस्ताउँदो सुर्यलाई पुजा आराधना गरेका थिए ।

तराईमा धुमधामपूर्वम मनाईने छठ आजभोली पहाडी क्षेत्र र समुदायमा पनि फैलँदो छ । काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरु जोडिएका पहाडी जिल्लाहरुमा समेत छठ पर्व धुमधामले मनाइने गरेको छ ।

चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी छठ समापन गर्ने परम्परा छ ।


प्रतिकृया दिनुहोस