२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

कञ्चनपुरमा सवारी चेकजाँचमा ‘गोप्रो’ क्यामेरा प्रयोग

पुनर्वास खबर शनिबार ०६, मङि्सर २०७७ १०:१८

कञ्चनपुरमा सवारी चेकजाँचमा ‘गोप्रो’ क्यामेरा प्रयोग

कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले सवारीसाधन चेकजाँचमा ‘गोप्रो’ क्यामेराको प्रयोग गर्न थालेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले ‘गोप्रो’ क्यामेराको प्रयोग गरी सवारीसाधन चेकजाँच सुरु गरिएको जानकारी दिए। 

प्रहरीका गतिविधि समेत निगरानी हुनेगरी ६ वटा ‘गोप्रो’ क्यामेरा मार्फत सवारीसाधन चेकजाँच थालिएको बताए। उनका अनुसार बीहिबारदेखि क्यामेराको प्रयोग गरी चेकजाँच थालिएको ५८ सवारीसाधनमाथि कारवाही गरिएको छ। 

बिहीबार र शुक्रबार २ दिनमा ५८ वटा सवारीसाधनमाथि कारवाही गरी ४२ हजार राजश्व संकलन गरिएको  प्रहरी नायव उपरीक्षक थापाले बताए।बिहीबार ३२ वटा सवारीसाधनमाथि कारवाही गर्दा १६ हजार र शुक्रबार २६ वटा सवारीसाधनमाथि कारवाही गर्दा १३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए । 

प्रहरी र सेवाग्राहीलाई जवाफदेही ‘गोप्रो’ क्यामेरा मार्फत थालिएको सवारी चेकजाँच अभियान राजमार्ग  क्षेत्र, बजार क्षेत्र हुँदै  ग्रामीण क्षेत्र सम्म विस्तार गरिने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

उनका अनुसार चेकजाँचमा खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधी अटो रेकर्ड हुनेछ ।


#कञ्चनपुर

प्रतिकृया दिनुहोस