२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

झुलाघाट नाका ५ दिनका लागि खोलिने

पुनर्वास खबर शनिबार ०६, मङि्सर २०७७ १०:०८

झुलाघाट नाका ५ दिनका लागि खोलिने

बैतडी । बैतडीको झुलाघाट नाका पेन्सनधारीहरुका लागि ५ दिनका लागि खोलिने भएको छ । जिल्लाको नेपाल भारत सिमाना जोड्ने झुलाघाट नाका मंसिर ८ गते देखि देखि १२ गते , ५ दिनका लागि खुल्ने भएको हो ।

कोरोना महामारीका कारण लामो समयदेखि सीमानाका बन्दा बन्दीका कारण भारतीय पेन्सनरहरु समस्यामा परेपछि स्थानिय प्रशासनको समन्वयमा सीमानाका खोलिने सहमती भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले जााकारी दिएका छन् ।

नेपाल सरकार मन्त्री परिषदको निर्णय एबंम जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला अधिकारीको कार्यालय पिथौरागढ बीच सम्झौताको आधारमा ५ दिनका लागि नाका खोल्ने सहमती भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । 


#बैतडी

प्रतिकृया दिनुहोस