२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

सेती अस्पतालबाट कुरुवाको नगद ३५ हजार सहित ३ वटा मोबाईल रातारात चोरी

पुनर्वास खबर शुक्रबार ०५, मङि्सर २०७७ १०:५०

सेती अस्पतालबाट कुरुवाको नगद ३५ हजार सहित ३ वटा मोबाईल रातारात चोरी

धनगढी । सेती प्रादेशिक अस्पतालबाट बिरामी कुरुवाको आवश्यक कागजात , नगद ३५ हजार सहित ३ वटा मोबाइल चोरी भएको छ । अस्पतालको एनआइसीयु वार्डबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल बस्ने झरना बमको झोलाबाट नगद ३५ हजार सहित ३ वटा मोबाइल, मोटरसाइकलको ब्लुबुक, लाइसेन्स लगायतका सामान चोरी भएको हो ।

मंसिर ३ गते राती छोरीको उपचारका लागि एनआइसियु वार्डमा रहेका बेला आफ्नो २ र दिदीको १ मोबाइल, नगद र पर्स चोरी भएको बमले बताइन् । ‘बिहिवार राती म बिरामीलाई कुर्न गएको थिए’ बमले भनिन्’ ‘राती एक बजे दिदी र म निदाईसकेको थिए,पछि दुई बजे उठ्दा झोला नै भेटिन् ।’

यसरी रातारात समान चोरी हुदाँ अस्पतालको व्यवस्थापनमा लापरबाही रहेको आरोप समेत लगाईन् । अस्पतालमा सिसीक्यामरा भने जडान गरिएका छन् तर ति सिसीक्यामरा प्रयोग बिहिन हुदाँ अस्पताल व्यवस्थापनको कम्जोरी देखिएको उनको भनाई छ ।

उनले सामान चोरी भएको विषयमा अस्पताल प्रशासन र प्रहरीलाई सोही दिन जानकारी गराइसकेको भएपनि अहिले सम्म कुनै पत्ता नलागेको बताउँदै जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दर्ता गरिएको बताइन् ।जिल्ला प्रहरी कार्यालयले पीडितले दिएको निवेदनका आधारमा चोरी भएका नगद र अन्य सामानको खोजी भइरहेको जनाएको  छ ।


प्रतिकृया दिनुहोस