२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

मुख्यमन्त्री त्रिलाेचन भट्टद्वारा छठ पर्वको शुभकामना

पुनर्वास खबर शुक्रबार ०५, मङि्सर २०७७ १०:०४

मुख्यमन्त्री त्रिलाेचन भट्टद्वारा छठ पर्वको शुभकामना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सु–स्वास्थ्यको कामना गरेका छन । 

शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण यसपालिका हाम्रा उत्सव तथा पर्वहरु परिवारका सदस्यबाहेक सामुहिक रुपमा नमनाउन आग्रह गरिएको छ ।

सत्यको पक्षमा मानवको रुचि बढाउने तथा जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्वको मुख्य विशेषता रहेको बताउँदै यो पर्व मुख्यरुपमा तराई–मधेशमा मनाइने परम्परा रहेपनि अहिले मुलुकका अन्य भू–भागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालिएको बताए । 

हाम्रा मौलिक पर्वलाई सबै समुदायले आत्मसात गर्ने र मनाउने फराकिलो संस्कृतिको विस्तारले विभिन्न जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र सौहार्दतालाई अझ सुदृढ पार्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास लिएको उहाँले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस