२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

‘राजा ल्याऊ देश बचाऊ’ भन्दै  धनगढीमा प्रदर्शन

पुनर्वास खबर बिहिबार ०४, मङि्सर २०७७ ०४:२२

‘राजा ल्याऊ देश बचाऊ’ भन्दै  धनगढीमा प्रदर्शन

कञ्चनपुर । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आज धनगढीमा प्रदर्शन गरिएको छ । पार्टी होईन देशको झण्डा बोकिन्छ ,देशको धर्म सस्कृती र सार्वभौमसत्ता बचाइन्छ भन्ने नाराका साथ धनगढीदेखि अत्तरिया चोक सम्म बृहत मोटरसाइकल र्यालीसहित जुलुसको आयोजना  गरिएको हो।

No description available.

सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन  बृहद प्रदर्शन  गरिएको आयोजक संस्थाका संयोजक डब्बु कार्कीले बताए ।  धनगढीको बुद्ध चोकबाट सुरु भएको ¥याली निर्माणाधिन ६ लेन सडक हुँदै अत्तरिया सम्म पुगेको थियो । भने धनगढीको चौराहामा पुगेर कोणसभा गरिएको थियो ।

No description available.

¥यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।र्‍यालीमा हजारौं मोटरसाइकल सहित राजसंस्था पुनःबाहालीका पक्षधरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.



प्रतिकृया दिनुहोस