२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

विश्वभर एकै दिनमा १० हजार ८ सय बढीको मृत्यु

एजेन्सी बिहिबार ०४, मङि्सर २०७७ ०९:१२

विश्वभर एकै दिनमा १० हजार ८ सय बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ कीर्तिमान कायम भएको छ ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि बुधबार (मंसिर ३ गते ) १० हजार ५३६ जनाको मृत्यु भएको थियो ।एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ५३ हजार ९१८ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार १४८ जनाको मृत्यु भएको छ ।युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ५२९ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५३ हजार २७४ पुगेको छ ।


प्रतिकृया दिनुहोस