२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते बोलाइयो

पुनर्वास खबर बुधबार ०३, मङि्सर २०७७ ०४:१८

नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते बोलाइयो

काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते र केन्द्रीय समिती बैठक मंसिर २५ गते बोलाइएको छ। बुधबार दिउँसो केहीबेर बसेको केन्द्रीय सचिवालय समिती बैठकले स्थायी समिती बैठक बोलाउने निर्णय गरेको थियो।

केहीबेर बसेर स्थगित भएको सचिवालयको आगामी बैठक मंसिर १३ गते बोलाइएको छ। यसैगरि यसअघि मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय समिती बैठक १० दिन पछि सारिएको हो।

पार्टीमा असन्तुष्ट पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्यले बोलाएको सचिवालय बैठकमा अन्तिम समयमा आएर प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पनि सहभागी थिए।


प्रतिकृया दिनुहोस