२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

जिप लाइनले बढायो पर्यटककाे चहलपहल

पुनर्वास खबर बुधबार ०३, मङि्सर २०७७ ०३:४८

जिप लाइनले बढायो पर्यटककाे चहलपहल

कैलाली । कैलालीको महोन्याल गाउँपालिका स्थित कर्णाली नदीमा सञ्चालन भएको  ‘जिप लाइन’ सेवामा पर्यटकको आकर्षण बढेको छ ।सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमका बाबजुद पनि जिप लाइनको आनन्द लिन पर्यटक आउने गरेका छन्। 

कैलालीको महोन्याल गाउँपालिका–७ पितमारी स्थित कर्णाली नदीको किनारमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जिपलाइन सेवा सञ्चालनमा आएको हो । साहसिक खेलको रुपमा रहेको जिप लाइनको मज्जा लिन अहिले दैनिक रुपमा पर्यटकको भिड लाग्ने गरेको छ ।

२०७६ सालको माघ महिनादेखि जिपलाइन सञ्चालनमा आए पनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो । चिसापानी एड्भेञ्चर रिसोर्टले करिब १० लाख रुपैयाँ लागतमा यो जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए।

जिपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । साहसिक खेल जिपलाइन खेल्नका लागि अहिले दैनिक २ सय देखि ३ सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।


#कैलाली

प्रतिकृया दिनुहोस