२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

पुनर्वास खबर बुधबार ०३, मङि्सर २०७७ ११:३८

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं   प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । आज दिउँसो बस्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक र मन्त्रिपरिषद् बैठक बस्नुअघि ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

हिजो मात्रै राष्ट्रपति भण्डारीले  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी थिइन् । उनले  प्रचण्डलाई सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्। बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा रहेपछि ओलीले मन्त्रिपरिषद् बैठक आजका लागि बोलाएका छन् ।

केही समययता नेकपामा आन्तरिक विवाद चर्किएको छ । यसअघि सचिवालय बैठकमा प्रचण्डले प्रस्ताव पेश गरेपछि पार्टी विवाद उत्कर्षमा पुगेको छ ।


प्रतिकृया दिनुहोस