२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

नेपाली काँग्रेस सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताको सवालमा कसैसँग झुक्दैन् : नेता महर

पुनर्वास खबर मङ्गलबार ०२, मङि्सर २०७७ ०३:०२

नेपाली काँग्रेस सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताको सवालमा कसैसँग झुक्दैन् : नेता महर

नेपाली काँग्रेसका नेता नैनसिंह महरले नेपाली काँग्रेस सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताको सवालमा कसैसँग नझुक्ने बताएका छन् । नेता महरले नेपालको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताको सवालमा काँग्रेस अहिलेसम्म कसैसँग नझुकेको र नझुक्ने बताएका हुन् ।

'दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका मिचिएका सिमानाका बारेमा राष्ट्रियताको अडान लिदा भारतले चिनको उक्साहटमा भन्ने र हुम्ला नाम्खाको लोलुङजोङ लगायतका मिचिएका सिमानाका बारेमा राष्ट्रियताको अडान लिदा चिनले काँग्रेस लाई भारत परस्त देख्नुले नेपाली काँग्रेस पार्टी नेपालको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताको सवालमा कसै संग न झुकेको र न झुक्ने कुरा एकपटक फेरि प्रष्ट भएको छ।

बिपी कोइराला नेतृत्वको काँग्रेस सरकारले सगरमाथा नेपालको भनी प्रमाणित गरेर चीन संगको सिमा समस्या समाधान गरेको भए पनि यो बिचमा थप समस्या उब्जिएकोले सामाधानको उपाय निकाल्नु आवश्यक छ। ' नेता महरको भनाई छ ।

नेता महरले बिबादित भागमा वैज्ञानिक सिमांकन गरेर सिमा समस्या सुल्झाउनु उत्तम बिकल्प भएको बताएका छन् । छिमेकी राष्ट्र भारत र चीनले नेपालको बलियो राष्ट्रियता, प्रगति , समृद्धि, शान्ति र स्थिरताले मात्र महाशक्ति राष्ट्र बन्ने सपना साकार हुनसक्छ भन्ने यथार्थता बुझ्नु आवश्यक रहेको नेता महरको भनाई छ ।


प्रतिकृया दिनुहोस