२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

धनगढीमा सुरु भयो सुनिता जिताऔ अभियान

पुनर्वास खबर शुक्रबार २८, कार्तिक २०७७ ११:५३

धनगढीमा सुरु भयो सुनिता जिताऔ अभियान

धनगढी । धनगढीकी सुनिता चन्दरा गोल्डन स्टार मल्टिमेडिया प्रालिले आयोजना गरेको सातौँ सस्करणको नेपाल गोल्डेन आइडलको उत्कृष्ट सातमा पुगेकी छिन् । कोरोनाको प्रभावले अवरुद्ध भएको आइडल फेरी सुरु भएकोमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ की सुनिता चन्दरा उत्कृष्ट सातमा पुगेकी हुन् ।

उनी उत्कृष्ट सातमा पुग्ने सुदूरपश्चिमकी एक्ली प्रतिस्पर्धी हुन् । गोल्डेन आइडल गायन तथा नृत्य विधामा हुँदै आएकोमा चन्दरा भने गायनतर्फ उत्कृष्ट सातमा पुगेकी हुन् । यस्तै आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुनिता जिताऔँ अभियानको समेत थालनी गरिएको छ ।

पत्रकार सम्मेलनमा चन्दराले सुदूरपश्चिमबाट आफू एक्ली प्रतिस्पर्धी भएको बताउँदै जिताउन आग्रह गरिन् । उनका दाई रमेशले सुदूरपश्चिमको सान र मानका लागि पनि सुनितालाई जिताउन आग्रह गरे । सुजितालाई एसएमएसबाट NGI SC17 टाईप गरेर 33001 मा भोट गर्न सकिनेछ ।

साथै गोल्डेन स्टारको मल्टिमिडिया एपबाट पनि उनलाई भोट गर्न सकिनेछ । उत्कृष्ट ५ मा पुगेपछि सिधै फाईनल हुने आइडलको विजेताले १० लाख नगद पाउनेछन् ।



प्रतिकृया दिनुहोस