२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

राना भाषाकाे उपन्यास ‘फगुनी’काे विमोचन

पुनर्वास खबर शुक्रबार २८, कार्तिक २०७७ १०:४४

राना भाषाकाे उपन्यास ‘फगुनी’काे विमोचन

धनगढी । नेपाल रानाथारु समाजद्वारा आयोजित दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा रानाथारु भाषाको उपन्यास ‘फगुनी’ को विमोचन गरिएको छ ।

पदम रानाको पहिलो कृती फगुनीको विमोचन प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य माननिय नारदमुनि रानाद्घारा गरिएको थियो । कार्यक्रममा माननिय रानाले उपन्यासे रानाथारु समुदायको कला, संस्कृति, भाषा र समग्र रानाजाती समुदायको अस्थित्व बचाउनका साथै पहिचान दिन सहयोग पु¥याउने बताए । 

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य माननिय श्यामलाल राना उपन्यासको समिक्षा गर्दै ,यस उपन्यासले रानाथरु समाजको वास्तविक सामाजिक परिवेसको चित्रण गर्ने उनको भनाई छ । कार्यक्रममा मन्तब्य दिदै कृष्णपुर नगरपालीकाका उप प्रमुख रमिता बडायक फगुनी उपन्यासले रानाथारुका ठेट शब्दहरु संकलन गरेको र यसले भाषा संरक्षणमा ठुलो योगदान पुर्याउने बताईन् ।


प्रतिकृया दिनुहोस