२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

धनगढीमा एक हप्ते आत्मरक्षा तालिम आजबाट सुरु

पुनर्वास खबर बिहिबार २०, कार्तिक २०७७ ०५:०२

धनगढीमा एक हप्ते आत्मरक्षा तालिम आजबाट सुरु

धनगढी । धनगढीमा एक हप्ते आत्मरक्षा तालिम सञ्चालन  सुरु भएको छ ।  समाजमा महिला हिंसा र बलात्कारका घटना दिनप्रति दिन बृद्धि हुुँदै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम  दिनको लागी बिहिबार देखि  सुरु भएको हो ।

यौन हिंसा विरुद्धको अभियान प्रहारको आयोजनामा सुरु भएको आत्मरक्षा तालिम  कात्तिक २६ गते सम्म सञ्चालन हुनेछ । पछिल्लो समय समाजमा महिलाहरु नै असुरक्षित बन्दै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम आवश्यक रहेको प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले बताए ।

विगतका बर्षमा पनि यसै अभियान अन्तरगत १५ हजार बढी महिलाहरुलाई आत्मरक्षाको तालिम दिइसकेको जनाएको छ ।  चन्दका अनुसार साता दिनको तालिम पछि तयार भएका प्रशिक्षकहरुबाट बिद्यालयहरुमा निशुुल्क प्रशिक्षण दिइने बताए । 



प्रतिकृया दिनुहोस