२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

धनगढीमा सडक बिस्तारमा घर धनी आफै भत्काउन थाले संरचना

पुनर्वास खबर बिहिबार २०, कार्तिक २०७७ ०९:५१

धनगढीमा सडक बिस्तारमा घर धनी आफै भत्काउन थाले संरचना

धनगढी । धनगढीमा सडक बिस्तारका लागि सडक क्षेत्रधिकार भित्र पर्ने संरचनाहरु घरधनी आफै घर भत्काउन थालेका छन् । नगरका सडकहरु फराकिला बनाउन सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन ।

बुधवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले संरचना भत्काउन सुरु गरेका छन् । वडा नं २ मा निर्माण भैरहेको गुल्म–चर्च सडक १० मिटर फराकिलो बन्दै छ भने वडा नं ५ भएर निर्माण गरिने क्याम्पस रोड– चटकपुर सडक १६ मिटर फराकिलो बनाईदै छ ।

घरधनीले संरचना भत्काउदा नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, उप–महानगरका डिभिजनल ईन्जीनियर स्वयं उपस्थीत भएर सडकक्षेत्र छुट्टाउने काममा सहयोग गरेका थिए । घरधनीहरु आफै घन, सावल लिएर संरचना भत्काउन थालेको नगरप्रमुख नृपबहादुर वडले बताए ।



प्रतिकृया दिनुहोस