२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

धनगढीमा एक हप्ते आत्मरक्षा तालिम सञ्चालन हुने

पुनर्वास खबर आइतबार १६, कार्तिक २०७७ ०१:४०

धनगढीमा एक हप्ते आत्मरक्षा तालिम सञ्चालन हुने

धनगढी । धनगढीमा एक हप्ते आत्मरक्षा तालिम सञ्चालन हुुने भएको छ । समाजमा महिला हिंसा र बलात्कारका घटना दिनप्रति दिन बृद्धि हुुँदै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम कार्तिक २० गतेदेखि एक हप्ता सम्म सिकाईने भएको हो ।

यौन हिंसा विरुद्धको अभियान प्रहारको आयोजनामा हुुने यस प्रशिक्षणमा ३० जना महिलाहरुले प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले जानकारी दिए । उनले विगतका बर्षमा पनि यसै अभियान अन्तरगत १५ हजार बढी महिलाहरुलाई आत्मरक्षाको तालिम दिइसकेको बताए ।

तर, अहिले सामान्य तालिम दिन भन्दा प्रशिक्षकहरु नै तयार पार्नका लागि प्रशिक्षण दिइने संयोजक चन्दले बताए । उनका अनुसार साता दिनको तालिम पछि तयार भएका प्रशिक्षकहरुबाट बिद्यालयहरुमा निशुुल्क प्रशिक्षण दिइने छ । 


प्रतिकृया दिनुहोस