२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

मान्यजनबाट टीका जमरा आज पनि लगाइँदै

पुनर्वास खबर बिहिबार १३, कार्तिक २०७७ १०:३०

मान्यजनबाट टीका जमरा आज पनि लगाइँदै

विजया दशमीको टीका लगाउने क्रम आज पनि जारी छ। आज पनि मान्यजनबाट टीका र जमरा थाप्न आफन्तजनकोमा मानिसहरु गइरहेका छन्।

विजयादशमीका दिनदेखि शुरु भएको दशैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। दशमीको दिन टीका लगाउन नभ्याउनेले पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व मनाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडा अभिषेक गरी विजयादशमीको दिनबाट टीका र जमरा लगाउने गरिन्छ।

यस वर्ष भने कोरोना महामारीको कारण आफन्तकोमा टीका लगाउन जानको चहलपहल कम देखिएको छ ।


प्रतिकृया दिनुहोस