२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

कञ्चनपुरका पत्रकार धामीले कोरोना जिते

पुनर्वास खबर बिहिबार १३, कार्तिक २०७७ १०:१५

कञ्चनपुरका पत्रकार धामीले कोरोना जिते

कञ्चनपुर । कञ्चनपुरका पत्रकार सुरेश धामीले कोरोना जितेका छन् ।गत असोज २४ गते संक्रमण पुष्टि भएका धामीले १८ दिनपछि कोरोना जितेका हुन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत धामी संक्रमण मुक्त भएपछि बीहिबार डिस्चार्ज हुदैछन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले कोरोना जितेको जानकारी दिएका छन् । उनले आफ्नो उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यावद समेत व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका धामी महेन्द्रनगरबाट प्रकाशित हुने अपिटुडे दैनिकका प्रकाशक हुन्।


#कञ्चनपुर

प्रतिकृया दिनुहोस