२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

पुनर्वासको ६५ बिगाहा क्षेत्रमा पछिल्लो समय दुर्गन्धित फैलिँदै

पुनर्वास खबर मङ्गलबार ११, कार्तिक २०७७ ११:५४

पुनर्वासको  ६५ बिगाहा क्षेत्रमा पछिल्लो समय दुर्गन्धित फैलिँदै
तस्विर : किरन विश्वकर्मा

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा रहेको ६५ बिगाहा क्षेत्रमा पछिल्लो समय दुर्गन्धित फैलिँदै गएको छ ।

नगरपालिकाको मुटु नै मानिने सो क्षेत्रमा अहिले फोहोर डम्पिङ साइड जस्तै बन्दा पनि सम्बन्धित निकायले व्यवस्था गरेको स्थानीयहरूले आरोप समेत लगाएका छन् ।

नजिकै रहेको आईबिआरडी बजारका व्यवसायीहरूले जथाभाबी फोहोर फाल्दा सो क्षेत्रमा पछिल्लो समय दुर्गन्धित बढ्दै गएको स्थानीयहरुले बताएका छन ।त्यसैले यस तर्फ  सम्बन्धित निकायको बेलमै ध्यान जाओस् ।

 

 


#कञ्चनपुर

प्रतिकृया दिनुहोस