२०७७ मङि्सर १३ गते शनिबार | 28 November, 2020

धनगढीको कोरोना उपचार केन्द्रमा संक्रमित महिलाले जन्माइन शिशु

पुनर्वास खबर बुधबार ०५, कार्तिक २०७७ ०२:३०

धनगढीको कोरोना उपचार केन्द्रमा संक्रमित महिलाले जन्माइन शिशु
फाईल तस्विर

धनगढी । सेती प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा उपचाररत एक महिलाले शिशुलाई जन्म दिएकी छिन् । धनगढी उपमहानगरपालिका–४ की ३३ वर्षीया महिलाले बुधबार शिशुलाई जन्म दिएकी हुन । 

जन्मेको शिशुको तौल १ हजार ४ सय ग्राम रहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । गर्भवती भएको ७ महिनामै जन्मिएको शिशुको अवस्था जटिल रहेकाले एन आइसियूमा राखिएको उनले बताए । 

शिशुको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने अस्पतालले जनाएको छ ।


प्रतिकृया दिनुहोस