२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

फेरि बढ्यो सुनको मूल्य

पुनर्वास खबर शुक्रबार ३०, असोज २०७७ ०२:३४

फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ ।  नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा केही वृद्धि भएको छ । शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा शुक्रवार सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएको हो ।अघिल्लो दिन छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस