२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

पुनर्वास खबर बिहिबार २९, असोज २०७७ १२:३६

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित समारोहमा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिहरुको नियुक्ती साथै हेरफेर गरेकी हुन् ।

जस अनुसार रिक्त रहेको अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ र सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरिएको हो ।   नवनियुक्त सञ्चार मन्त्री यस अघि महिला तथा बालबालिका मन्त्री रहेका थिए ।

तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो कार्यकाल सकिएपछि राजिनामा दिएसँगै अर्थमन्त्री पद खाली रहेको थियो । बुधवारको मन्त्रिपरिषद् बैठकले पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो ।

त्यस्तै तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको एक अडियो टेप बाहिरिएपछि राजिनामा दिएसँगै खाली रहेको सञ्चार मन्त्रालयमा महिला तथा बालबालिका मन्त्री गुरुङको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

भने हालको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै तत्कालिन सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पदमुक्त भएसँगै खाली भएको मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।

त्यस्तै उपप्रधानसहित रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाई उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । भने रक्षा मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री नै रहेका छन् ।


प्रतिकृया दिनुहोस