२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

बैतडीमा गाउँपालिका अध्यक्ष माथि कुटपिट

पुनर्वास खबर बुधबार २८, असोज २०७७ १०:१७

बैतडीमा गाउँपालिका अध्यक्ष माथि कुटपिट

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिट भएको छ। गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद कायमै रहेकाबेला तालाबन्दी गरेका स्थानियले ताला खोल्न गएको भन्दै अध्यक्ष माथि कुटपिट गरेका हुन्। 

आज साझ भएको झडपमा गाउँपालिका अध्यक्ष बिष्ट सहित ११ जना घाइते भएको गाउँपालिका उपाध्यक्ष लिला विष्टले जानकारी दिइन्।

घाइते हुनेहरुमा ५ प्रहरी तथा  ६ जना आन्दोलनरथ पक्षका ब्यक्ति रहेको उनले बताइन्।घाइते सबैको अवस्था सामान्य रहेको छ। अहिले उनिहरुको स्थानिय स्वास्थ्यसस्थामा प्राथमिक उपचार गरिएको छ। 


#बैतडी

प्रतिकृया दिनुहोस