२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

त्रिनगर नाकामा तालिम प्राप्त कुकुरसहित चेकजाँच

पुनर्वास खबर बुधबार २८, असोज २०७७ ०९:२०

त्रिनगर नाकामा तालिम प्राप्त कुकुरसहित चेकजाँच

कैलाली । कैलाली प्रहरीले त्रिनगर–गौरीफन्टा सीमा नाकामा तालिम प्राप्त कुकुर सहित चेकजाँच थालेको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागु गर्दै तालिम प्राप्त कुकुर सहित चेकजाँच गर्न थालेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कुकुर शाखाका तालिम प्राप्त कुकुर सहित आजबाट नाकामा सरप्राईज चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आइतबार देखी सुदूरपश्चिम प्रदेशमा विशेष सुरक्षा योजना लागु गरेको हो ।

अहिले कैलाली लगायत प्रदेशका ९ जिल्ला वटै जिल्लाका  प्रहरीलाई सम्भावित घटना र दुर्घटना नियन्त्रणको लागि चनाखो हुन निर्देशन दिइएको छ । यता भारतको गौरिफन्टा नाकामा पनि सुरक्षा सतर्कता बढाइएको छ । सिमा नाकाबाट हुने लागूपदार्थको ओसार पसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुर सहित प्रहरी खटिएका छन् ।


#कैलाली

प्रतिकृया दिनुहोस