२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

गौरीफन्टा नाकामा हेल्थ डेस्क स्थापना

पुनर्वास खबर बुधबार २८, असोज २०७७ ०८:५६

गौरीफन्टा नाकामा हेल्थ डेस्क स्थापना

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा पर्ने डोकेबजार स्थित नेपाल - भारतको अन्तर्राष्ट्रिय सीमा नाकामा संयुक्त नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।

दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थितिमा संयुक्त नागरिक सहायता कक्षको स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ।  

चाडपर्वका बेला सीमा नाकामा हुने भिडभाडको व्यवस्थापन तथा सर्वसाधारणको आवतजावत सहज बनाउँदै अपराध नियन्त्रणका लागि सहज हुने अपेक्षा गरिएको छ । 


#कञ्चनपुर

प्रतिकृया दिनुहोस