२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

‘बाटो हेरिरेका थिए’

पुनर्वास खबर मङ्गलबार २७, असोज २०७७ ०८:४८

‘बाटो हेरिरेका थिए’

अन्धकार थियो क्यारे 
घरका हरेक भित्ता भित्ताले भन्दै थियो ,
यो मसान घाट सरि दैलोमा अदृश्य छायाको प्रबेश हुदैछ 
सुनसान अनि सान्त त्यो क्षणमा,
म आफ्नै रङ्गिन दुनियाको भम्रणमा थिए । 
एकाएक झट्ट मानसपटलमा त्यही घटनाको सम्झना आयो
जस्ले जिन्दगिका हरेक खुसी खोसेर लगेको थियो ।

 घरको आगनिबाट हेर्दै थिए ,भित्र
 दनदनी बलिरहेको अगेनि नजिकै बसेर
 घुक्क घुक्क पार्दै आखाबाट मलिन आँसु झार्दै 
 कसैको पर्खाइमा बसिरहेकी मेरि आमा 

 आमा ! आमा !! आमा !!!
 छोराको आवाज बाहिर बाट सुन्ने बित्तिकै 
हत्तपत्त आँसु पुछ्दै मुहार भरी त्यो मन्द मुस्कान दिइन।
 सायद आफ्नो पिडाको मर्म छोराले नपाओस भनेर होला  
सबैको घरदैलोमा चाडपर्वले सिगारिएको थियो क्यारे ।।
मेरोमा भने दुखका भारिले भरिएको थियो ।।
आमाको त्यो अन्तर मनको मर्म सजिलै मैले मुहारमा 
पढिसकेको थिए ।।।

सम्बन्ध गाढा थियो ,त्यो घरको भित्ता सङ्ग ।
भित्ताले नि आँसु झार्दै भन्दै थियो खै त  मेरो मुटु ।।
हुन पनि हो, मुटु बिनाको त्यो नग्न दृश्य,
 शरीर जस्तै थियो मेरो घर ।।
आमाको त्यो भित्री मनको रुवाइ ,
बहिनिको त्यो कुर्दै गरेका आँखाहरु 
भाइको त्यो छटपटाहट अवस्था 
अनि म... सबै सबैको आसाको दियो ,।।

तेल सकिन लागेको दियो जस्तै धिप्प धिप्प 
जस्तोकि अब पुरै सन्सार अन्धकार हुने हो ।।
तेस्तै तेस्तै थियो मेरो अवस्था पनि 
न हास्न न त रुन मिल्ने ,
अन्तर मनका पिडाहरु न त बाहिर निकाल्न मिल्ने ।

त्यो अँध्यारो परेको घरको दैलो ,
जस्ले आफ्नो मुटु खोज्दै थियो 
आँसु टिलपिल पारेर कुर्दा कुर्दै थाकेका 
मेरि आमाका आँखाहरु 
अनि सबै सबैले त्यो अन्जान ठाउको आउने 
बाबाको बाटो हेरिरहेका थिए  ।।

  नाम    :  बिष्णु रावत (बिवश )
 जन्मस्थान : बुढिगङ्गा न. पा. ०४ बाजुरा 
  हाल    :  साफे बगर अछाम
  हेल्थ असिस्टेन्ट (HA) स्नातकोत्तर पहिलो बर्ष


प्रतिकृया दिनुहोस