२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

साहारा घर कैलालीको वास्तविकता अब गित मार्फत प्रस्तुत हुँदै

पुनर्वास खबर सोमबार २६, असोज २०७७ ०४:०३

साहारा घर कैलालीको वास्तविकता अब गित मार्फत प्रस्तुत हुँदै

कैलाली । कैलालीको बर्दगोरिया गााउँपालिका वडा नं. २ मा अबस्थित साहारा घरको वास्तविकता  अब गित मार्फत प्रस्तुत हने भएको छ ।  गायिका हेमन्ता भट्टराईले साहारा घरको वास्ताबिक्तालाई अब गित मार्फत प्रस्तुत गर्न लागेको बताएकी छिन ।

शनिबार साहारा घरमै उनले आफ्नो एक गितको छायांकन समेत गरिसकेकी छिन । गितको छायांकनका क्रममा उनले साहारा घरको रियल कथा र त्यहाँको समस्या र चुनौती संगै दैनिक हुने क्रियाकलापलाई लाई अब भिडियो गित मार्फत समेट्न खोजेको बताएकी छिन ।

पछिल्लो समयमा मानवता हराउदै गएको नेपाली समाजमा मानवता जोगाउनका लागि अथक प्रयास सँगै निरंन्तर लागि परेका साहारा घरका संचालक बल बहादुर बिष्टबाट प्रेरित भएर गितबाटै मावनताको सन्देश दिन खोजेको उनको भनाई छ ।

गितको भिडियोमा साहारा घरको वास्तबिक्ता झल्काईएको र गितले समाजमा मानवता जोगाउन थप सहयोग हुने उनको विश्वास छ ।  भिडियोमा साहारा घरमा रहेका असहायको भुमिकामा भिम बिष्ट, झरना बोहरा र गुड्डु ओलीलाई देख्न पाईने छ । अहिले साहारा घरमा ८५ बढी सडकका बेवारिसे असहायहरुले आश्रय लिईरहेका छन ।


#कैलाली

प्रतिकृया दिनुहोस