२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

डा. गोविन्द केसीको समर्थनमा धनगढीमा कविता बाचन

पुनर्वास खबर शनिबार २४, असोज २०७७ ०६:३४

डा. गोविन्द केसीको समर्थनमा धनगढीमा कविता बाचन

धनगढी । चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम गरेको छ । शनिबार  बोलन्या थलीको आयोजनामा “डा. केसीका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा गरेको हो ।

२६ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीका माग जायज भएको भन्दै त्यसका लागि आआफ्नो क्षेत्रबाट दबाद आवश्यक रहेको भन्दै सहभागी सर्जकहरुले कविता मार्फत सरकारको ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा सर्जक जनक रसिक,शिवराज पनेरु,मदन भण्डारी,तेज पुरुष,रियल एनलाईसिस,लक्ष्मण भट्ट र सन्तोष पन्तले कविता र गजल वाचन गरेका थिए ।यस्तै कार्यक्रममा बोलन्या थलीका संयोजक यादव जोशी,बोलन्या थली युनिटिका सदस्य लगायत डा. केसिका समर्थक युवाहरुको सहभागी रहेको थियो ।



प्रतिकृया दिनुहोस