२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

आइपिएल: पन्जाबमाथि हैदराबादको सहज जित

एजेन्सी शुक्रबार २३, असोज २०७७ ०७:०२

आइपिएल: पन्जाबमाथि हैदराबादको सहज जित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबमाथि सहज जित हात पारेको छ । दुबईमा गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो । पञ्जाबका लागि निकोलस पुरनले सर्बाधिक ३७ बलमा ७७ रन बनाए भने अन्य ब्याट्सम्यानले उनलाई साथ नदिदा पञ्जाब पराजित भएको हो ।

कप्तान केएल राहुल र सिमरन सिंहले ११(११ रन बनाए भने मयंक अग्रवालले ९ रन बनाएर आउट भएका थिए । हैदरावादका लागि बलर राशिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । राशिदले ४ ओभरमा एक मेडनसहित १२ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै खालिद अहमद र टी नटराजनले २-२ विकेट लिएका थिए । त्यस्तै अभिषेक शर्माले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउदै २०१ रन बनाएको थियो । हैदरावादका लागि जोनी बैरस्ट्रवले ५५ बलमा ९७ रन बनाएका थिए । त्यस्तै कप्तान डेविड वार्नरले ४० बलमा ५२ रन बनाएका थिए । त्यस्तै केन विलियम्सनले अविजित २० रन बनाए भने अभिषेक शर्माले १२ रन बनाए ।

किंग्स इलेभेन पञ्जाबका बलर रवि विश्नोईले ३ विकेट लिए भने अर्श्दीप सिंहले २ विकेट र मोहमद सामीले एक विकेट लिएका थिए । योजितपछि सनराइजर्स हैदरावादले ६ खेलमा ३ जित र ३ हार बेहोरेको छ भने पञ्जाबले ६ खेलमा ५ हार र एक जित हासिल गरेको छ ।


प्रतिकृया दिनुहोस