२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

गेटा मेडिकल कलेजलाई स्वीकृति नदिएको भन्दै नेबि संघद्वारा प्रदर्शन

पुनर्वास खबर बिहिबार २२, असोज २०७७ ०८:०८

गेटा मेडिकल कलेजलाई स्वीकृति नदिएको भन्दै नेबि संघद्वारा प्रदर्शन

धनगढी ।  कैलालीको गेटा मेडिकल कलेज भौतिक पुर्वाधार  निर्माण कार्य भएपनी यस वर्षदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति नदिएको बन्दै नेपाल बिध्यार्थी संघले गेटामा प्रदर्शन गरेको छ ।

भौतिक पूर्वाधार निर्माणमा तीन अर्ब ७८ करोड खर्च भइसकेको छ । तर, अध्यापन सुरु गर्न सरकारले चासो दिएको भन्दै नेपाल विद्यार्थी संघ अत्तरियाले गेटामा बिरोध प्रदर्शन गरेको हो ।  

मेडिकल कलेजको कार्ययोजनाले यही वर्षदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिए पनि सरकारले अहिलेसम्म कुनै चासो नदिएको र सरकारलाई दबाब दिन आज निर्माणाधीन गेटा मेडिकल  कलेजमा बिरोध प्रदर्शन गरेको नेबि संघ दुर्गालक्ष्मी बहुमुखी क्यापसका पुर्ब सभापति पदम ओझाले बताए ।

कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन । कलेजको पूर्वाधार विकास निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले सरकारले शैक्षिक कार्यक्रम सञ्चालनको ‘मोडेल’ बनाउन बाँकी रहेकाले शैक्षिक गतिविधि कहिलेबाट सुरु हुने भन्ने यकिन नभएको बताए ।


प्रतिकृया दिनुहोस