२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

आइपिएल : दिल्लीले बैंगलोरलाई ५९ रनले हरायो

एजेन्सी मङ्गलबार २०, असोज २०७७ १२:३७

आइपिएल : दिल्लीले बैंगलोरलाई ५९ रनले हरायो

दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थान कब्जा जमाएको छ । 

दिल्लीले पाँच मध्ये चार खेलमा जित निकाली सर्वाधिक आठ अंक जोडेको छ । बैंगलोरले पाँच खेलमा तीन जित र दुई हार निकालेको छ ।

बैंगलोर ६ अंकका साथ तेस्रो स्थानमा छ । अंक तालिकामा साविक विजेता मुम्बई इन्डियन्स दोस्रो स्थानमा रहँदा ६ अंक बटुलेको छ । तालिकामा किंग्स ११ पन्जावले पाँच खेलबाट दुई अंकमात्र बटुलेको छ । किंग्स ११ पुछारमा छ । 

दुबईको डिएससी मैदानमा दिल्लीले पहिलो निर्धारित २० ओभरको ब्याटिङमा चार विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । प्रत्युत्तरमा वेंङ्ग्लोरले २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ३७ रनमात्र बनायो । दिल्लीले यसपटक विशाल योगफल बनाउने क्रममा चार ब्याट्सम्यानको राम्रो साथ पायो ।

ओपनर पृथ्वी साउ र शिरख धवनले पहिलो विकेटका लागि ६.४ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । पृथ्वीले आफ्नो विकेट गुमाउनु अघि २३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ४२ रनको योगदान दिए । 

त्यसपछि शिखरले २८ बलमा तीन चौकाको मद्दतमा ३२ रनको योगदान दिए । सो इनिङ्समा रिषभ पन्त र मार्कोस स्टोनिसले चौथो विकेटका लागि ८९ रनको साझेदारी गरे । 
दुवैले ९०–३ बाट १७९–४ को स्थितिमा दिल्लीलाई राखे । 

रिभषले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३७ रन बटुले । मार्कोसले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गरी ५३ रनको योगदान दिए । बलिङमा वेंग्लोरका लागि मोहमेद सिराजले ३४ रनमा दुई विकेट हात पारे । 

प्रत्युत्तरमा बैंगलोरले कुनै पनि समयमा उत्कृष्ट ब्याटिङ गर्न सकेन । कप्तान विराट कोहलीले मात्र क्रिजमा धेरै वेर टिकेका थिए । यसबाहेक अन्य ब्याट्सम्यानका प्रदर्शन फितलो नै रह्यो । विराटले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गरी सर्वाधिक ४३ रनको योगदान दिए । आरो फिन्चले १३ रन, मोइन अलीले ११ रन र वासिङटन सुन्दरले १७ रन बटुलेका थिए । 

बलिङमा कागिसो राबडाले घातक बलिङ गरेका थिए । उनले चार ओभरमा २४ रन खर्चेर बैंगलोरका चार ब्याट्सम्यानलाई आउट पारे । 

यसैगरी अन्रिच र अक्षर पटेलले दुई–दुई विकेट लिएका थिए । लक्ष्य पछ्याउँदा बैंगलोरले पावर प्लेमा तीन महत्वपूर्ण विकेट गुमाएको थियो । दिल्लीका स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलले चार–चार ओभर बलिङ गर्दा वेंग्लोरका ब्याट्सम्यानले केवल ४४ रनमत्र बटुल्न सफल भए । 

बैंगलोरका कप्तान कोहली एकै टोलीबाट धेरै खेल खेल्ने खेलाडी बनेका छन् । उनले बैंगलोरबाट प्रतिनिधित्व गर्दै आइपिएलमा १ सय ९७ खेल खेले । 

समरसेटका जेम्स हिल्डे«थको १ सय ९६ खेलको रेकर्ड कोहलीले तोडेका छन् । यसैगरीे टी–२० खेलमा नौ हजार रन पुरा गर्ने विराट पहिलो भारतीय ब्याट्सम्यान बनेका छन् । 


प्रतिकृया दिनुहोस