२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

साढे ६ महिनापछि सुरू भयो सलमानको 'राधे'को सुटिङ

एजेन्सी सोमबार १९, असोज २०७७ ०९:५८

साढे ६ महिनापछि सुरू भयो सलमानको 'राधे'को सुटिङ

साढे ६ महिनापछि सलमान खानको 'राधे'को सुटिङ पुनः सुरू भएको छ।आफ्नो इन्स्टाग्राम एकाउन्टमा 'राधे'को एक फोटो पोस्ट गर्दै गर्दै सलमानले आफू सुटिङमा फर्किएको जानकारी दिएका हुन्।

'साढे ६ महिनापछि सुटिङमा फर्किदा राम्रो लागिरहेको छ', उनले तस्वीरको क्यापसनमा लेखेका छन्।खानको यस पोस्टमा मानिसहरूले धेरै संख्यामा प्रतिक्रिया जनाएका छन्। कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएपछि सलमानले सो समय पनभेलमा रहेको आफ्नो फार्म हाउसमा साथी र परिवारसँग बिताएका थिए। 

त्यहाँ रहँदा उनले 'प्यार करोना' तथा 'भाइ भाइ' लगायतका गीतहरू रिलिज गरेका थिए। ती दुबै गीत यूट्यूबमा हिट भएका थिए। 

सिनेमाको सुटिङसँगै उनले यसक्रममा टेलिभिजन रियालिटी शो 'बिग बोस-१४' पनि संचालन गर्नेछन्। कार्यक्रमको अक्टुबर ३ बाट प्रसारण सुरू भइसकेको छ।

प्रभुदेवाको निर्देशनमा बनिरहेको  'राधे'मा सलमानका अलवा दिशा पटानी, टाइगर श्राफ तथा रणवीर होड्डाको प्रमुख अभिनय रहनेछ।

सलमान अभिनित 'वान्टेड' सिनेमाको सिक्वल बताइएको सिनेमा सन् २०१५ मा रिलिज भएको सुपरहिट कोरियन एक्सन-कमेडी 'भेट्रान'को बलिउड रिमेक हो।


प्रतिकृया दिनुहोस