२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

१३ वर्षपछि बझाङमा जहाज पुग्दा (फोटो फिचर)

पुनर्वास खबर शनिबार १७, असोज २०७७ ०४:१७

१३ वर्षपछि बझाङमा जहाज पुग्दा (फोटो फिचर)

बझाङको देवल विमानस्थलमा परीक्षण उडान गरिएको छ । कालोपत्रे भएर हस्तान्तरण भएपछि पहिलो पटक परीक्षण उडान भएको हो । परीक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराई, बझाङका प्रतिनिधिसभा सदस्यलगायत उपस्थित थिए । १८ सिट क्षमताको नाइन एन-आएमजी कलसाइनको समिट एयरले परीक्षण उडान भरेको थियो । देवल विमानस्थल उडान रोकिएको १३ वर्षपछि पुनः जहाज पुग्दा स्थानीयको भीड जम्मा भएको थियो । 

सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ। फोटो : नरेन्द्र उपाध्याय


#बझाङ

प्रतिकृया दिनुहोस