२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

हार्न जानेको छैन जितेर फर्किने छु

पुनर्वास खबर मङ्गलबार १३, असोज २०७७ १२:३६

हार्न जानेको छैन जितेर फर्किने छु

हुन त म यहाँ जिन्दगी नै बिताउन त आएको होइन तर पनि खै किन २० वर्ष माइतमा बसेकि छोरीले बिहे गरेर नयाँ घर आएको जस्तो अनुभव भइरहेको छ आज । कसलाई नै बाकी राखेको छ र मलाइ बाकिँ राख्थ्यो यो कोभिड–१९ ले ।

असोज ५ गते बाट मेरो स्वास्थमा हल्का समस्या सुरु हुनासाथ मलाई शंका लागेर आत्तियर हत न पत आफ्नै बलबुतावले पुराना साथिहरुको सहयोगमा असोज ५ गते पिसिआर टेष्टको लागि स्वाब दिन पुगे । एक प्रकारले मन ढुक्क भयो कि अब एक हप्तामा त रिपोर्ट आउँछ कि भनेर । हुन त यस अघि भाद्र १ गते दिएको रिपोर्ट ९ दिनमा आएको थियो त्यहि पनि पर्खन बाहेक म संगअरु विकल्प पनि थिएन । स्वाब दिएको ४ दिन बित्यो सम्बन्धीत निकायमा फोन गरेर रिपोर्ट कहिले आउँछ सर भन्दा सरकारी कर्मचारीको रबाव र आफ्नो पारा देखाइ हाले ।

“तपाईलाइ किन चाहियो रिपोर्ट पोजेटिभ आए हामि फोन गर्छौ नत्र चुप लागेर बस्नुहोस् ” मैले आफु छुट्टै आइसोलेसनमा बसेकाले रिपोर्ट आयो कि भनेर जान्न चाहेको हु भनेर स्पष्टिकरण दिन नपाउदै फोन राखिदिए । शुक्रबार त्यति भने पछि शनिवार मैले फोन गरिन।

छुट्टीको दिन आफु बस्ने कोठा राम्रो संग सरसफाइ गरेँ । सम्पुर्ण लत्ता कपडाहरु धोएँ, कोठा स्यानिटाइज पनि गरेँ । आइतबार भयो अफिसमा के गरौँ, काम गर्नु छ , ४ दिन देखि राम्रो संग काम गरेको छैन । मनमा एक प्रकार को चिन्ता बढी रहेको थियो कि रिपोर्ट नआउँजेल अन्य सहकर्मिहरु संग बच्नु छ र कार्यालय को काम सम्पन्न गर्नुछ । लुकि लुकि बेला बेलामा अफिस र आफ्नो कोठामा गएर टेबुलमा बसेर कम्पुटर को काम हेर्थेँ । 

असोज ११ गते आइतबार १ बजे फेरी हिम्मत निकालेर गाँउपालिकाको स्वास्थ शाखा प्रमुखलाइ रिपोर्टको विषयलाई लियर सम्पर्क गरे र फोन रिसिभ गरेर उहाले भन्नू भयो “ ए तपाई कहाँ हुनुहुन्छ् हामी तपाईको खोजी गर्ने क्रममा थियौँ तपाईको नम्बर नभएर मात्र हो ।

हिजो नै तपाइको रिपोर्ट पोजेटिभ आएको छ । हामि अहिले त्यहाँ आउँछौँ, भनेको सुने र म अहिले मिटिङ्गमा छु ” भनेर फोन राखिदिए । अन्य मेरा मनभरी रहेका प्रशनहरु सोध्ने मन थियो तर किन पाइन्थ्यो  ।

साँझ ६ बजे एक्कासि रोडबाट नै यो घरको कोरोना बिरामिलाई आइसोलेसनमा पठाइ दिनु , उ त्यहि खानेपानिको भवन भनेर सरकारी र्कमचारीले भने र मलाइ ५ मिनेट को समय पनि नदिइकन निकै हतारमा कोठाबाट बाहिर निस्किन बाध्य पारियो । हतार हतार बाहिर निस्किए, अनि सोछे कि म त्यति अबुझ मान्छे पनि होइन सबै कुरा थाहा छ , म जान तयार नै थिएँ । कहाँ जाने टुङ्गो नै थिएन । एक्कासि चारै तर्फबाट दबाब र्सिजना गरियो ।

कैलालि जिल्लाको बर्दगोरिया गाँउपालिका मा बस्ने आइसोलेशनमा गएर हेरेँ ओहो “ विचरा म , सारै नरमाइले लाग्यो ” ।तल भुइँ देखि माथी सम्म फोहोर कोठा, भुइँमा एउटा म्याट, जाम भएको कालो चर्पि , त्यसै मा पानिको व्यवस्था छैन पानि खोलेर हात मुख धुन नपाइने अर्को सहयोगी लाइ मोटर लगाइदिनुहोस भन्नु पर्ने अनि उताबाट मोटर लगाइ दिए पछि पानि पाइने ।

पानि त छिन छिनमै चाहिन्छ यसरी कति समय चल्ने हो । एक छिन यस्तोमा बस्न सकिन्न भनेर आफै सङ्ग जिद्दि गरेँ । अन्तमा केहि लागेन सरकारी हाकिमको अगाडि हामि निरिह रैति नै रहेछौ । "खाए खा नखाए घिच" भने झै मलाई त्यहा राखियो। मन गरुङ्गो बनाएर आफ्नो कोठामा गएँ । काम गर्ने एकजना सहयोगि भाइले एउटा सर्जिकल माक्स भुइमा फ्यात् फालेर भन्यो "ल यो माक्स लिनुस सेतो भाग बाहिर पट्टि र निलो भाग भित्र पट्टि पारेर लगाउनुहोस् "। मानौ कि मैले आज सम्म सर्जिकल माक्स देखेको नै छैन ।

त्यो धुलोमा फालिदिएको माक्स कसरी लगाँउनु मैले टिपिन । म कारोना जित्न आएको एक बिरामी । माथि कोठामा गएँ एक ढिक्का आँशु अचानक तप्प चुहियो । आफ्नो विगत सम्झिएँ । बल्ल बल्ल मिहिनेतले उकासेको आफ्नो अभावको जिन्दगिको याद आयो । एक पटक घर परिबार ,छोराहरु, इष्टमित्रको याद आयो । आफुलाइ सम्हाल्ने कोशिस गरेँ ।

आठ बजे तिर खाना आयो भनेको सुनेर तल गएर हेरेँ एउटा कालो पास्टिकको झोलामा पोको पारेको चिज उठाएर ल्याँए । झारमा फालि दिदाँ प्लाष्टिकमा प्वाल परेर दाल चुहिएको रहेछ । अलि अलि छोक्रा मात्र बाकिँ थियो । साह्रो भात, पिरो तरकारी अनि सात दिन देखि स्वाद विहिन भएको मेरो जिब्रो ।

मुस्किलले अलिकति खाँए । त्यो पनि बत्तिको नजिक घुमीरहेका किराहरु बाट जोगाउन नै गाह्रो । मैले पहिलो पटक कालो पास्टिकलाई घरको चरेसको थाल सम्झेर खाना खाएँ । एक्कासि स्वाँ स्वाँ बढेर आयो खोकि लाग्यो शरीर बाट पशिना छुट्यो , मन आतियो । सोचेँ धपडि बढ्यो र स्वास प्रस्वासमा समस्या भयो । निद्रा त के नै लाग्ला र तै पनि लामखुटेको टिटि आवाज र आक्रमण खप्दै जवर जस्ति आँखा चिम्लिए ।

भोलि पल्ट १२ गते का दिन छाति अल्लि बढि दुखेर आयो । श्वास प्रश्वासमा समस्या आएर खोकि पनि बढ्न थाल्यो । एक हप्ता देखि जिब्रोले गुमाएको स्वाद अझै र्फकने छाँटकाटँ छैन । रात भरि कमिलाले टोकेर बस्न सुत्न सकिएन ।

हिजो असोज १२ गते मलाई धनगढि स्थित सेति प्रादेशिक कोभिड अस्पताल सम्म ल्याउन सहयोग पुर्याउनु हुने मेरा अग्रज आदरणीय सर जनार्दन ढकाल र कोभिड-१९ सुरक्षा ब्यवस्थापन समूह इलाका धनगढीको टिमलाई विशेष धन्यवाद दिदै अब उपरान्त यहीँबाट कोरोना लाई जितेर फर्किने आशा मा छु ।
अहिले मेरो स्वास्थ अवस्था राम्रो हुँदै छ। 

म आज यति बेला सुदुरपस्चिम प्रादेसिक अस्पतालको कोभिड उपचार कक्ष मा छु । मलाइ यस समयमा सहयोग र हौसला प्रदान गरि मेरो शिघ्र लाभको कामना गर्नुहुने सबैमा नमन । 
 

कृष्ण खनाल 
कैलाली


प्रतिकृया दिनुहोस