२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

सायलमा संकट, स्थानीय सरकारको भुमिका र बढदो जनअपेक्षा

पुनर्वास खबर सोमबार १२, असोज २०७७ १०:४८

सायलमा संकट, स्थानीय सरकारको भुमिका र बढदो जनअपेक्षा

तेजबहादुर डुम्रेल,डोटी। तत्कालीन डौड,तोलेनि, छपालि र खातिवाडा गाविसको  समिश्रणबाट सायल गाउँ पालिका बनाएका हौ । हामीकहाँ थुप्रै चुनौति छन् त्यो मात्र होइन अवसर पनि छन् । उदाहरणका लागि अहिले सायल बाढीबाट छियाछिया भएको छ ।

त्रासले घर नजिकैको बिजुलीको पोल बाङ्गो भएको छ, सबैभन्दा बढी उब्जनि हुने खेतबारी सायलिगाढले लुछेर लैजाने गरेको छ । सायल १ का स्थानीय नर बहादुर थापाका अनुसार सेती नदिले छपालिको औलमा दर्जनौं किसान दाजुभाइले लगाएको खेतीपाती बगाएको छ । उनको मात्र होइन वडा अध्यक्ष हिरा थापाको समेत खेतबारीमा सेती पसेको छ  ।

अबिरल बर्षाका कारण सायल गाउँ पालिका उपाध्यक्ष बिष्णा सिहको घरको पछाडिको भागमा पनि क्षति गरेको छ । सायल २ शिर्माका युवा गणेशबहादुर ओलिले दिएको जानकारी अनुसार हरेक बर्ष बाढीले   क्षति गरेको अहिले पनि गरेको हामीलाई देखाएका थिए । सायलको भुर्केला सबैभन्दा चेपुवामा रहेको छ । माथिबाट हरेक साल पहिराले गर्दा होस हराउने गरेको स्थानीय धन बहादुर थापाको गुनासो छ ।  

थापाले  बादल लाग्ने बित्तिकै घर बाहिरको वातावरण हेरि केटाकेटी काखी च्यापेर डाडो तिर लाग्ने गरेको दुखेसो पुखे । उता सायल ३ गर्खाका स्थानीयहरु झन् चिन्तामा छन् । सायलिगाढकै कारणले बाबनगाँउ,कम्छडा,रालगाँउ,पानिखाल,सापरा,बेटाराकाका अधिकांश क्षेत्रमा कटानी गर्दै आईरहेको छ ।

यस्तै  ,सायल ४ का डौड,बाबनसैन क्षेत्रमा पनि पहिरोले क्षति भएको नेपाल कम्युनिस्ट पार्टी सायल गाउँ पालिका संगठन कमिटी इन्चार्ज हर्कबहादुर सिहले बताए । गाउँपालिकाबाट सिधै देखिने उराठ लाग्दा पहिरोले त्रासकोे वातावरण चौतर्फि देखिन्छन् । सायल  दैनाका नर बहादुर रोकायले भाणिखेतहरु बगाएको देखाए ,पाक्ने बेला आधा खेतीयोग्य जमिन कटान भएपछि स्थानीय के खाने भन्ने चिन्चामा छन ।

उता सायल ६ बिरलकाडा र रौकल्लाको तल्लो बस्तीमा समेत बाढीले क्षति गरेको स्थानीय युवा निर्मल ऐरले बताए । यसरी समग्रमा सायलको भविष्यमाथि हेर्दा जोखिम बस्ती बिस्तारका कार्यक्रम ,जनता आवास कार्यक्रम तत्काल सरकारहरु मिलेर जनताको घरसम्म जान सक्यौं भने स्थानीय नागरिकहरुको ज्यान सुरक्षित गर्न सकिने उनिहरुले बताउदै आएका छन ।

चुनावका बेला भोट माग्ने आनि समस्षका बेला जनप्रतिनिधिले समेत नहेर्दा स्थानीय सशंकित बनेका छन । स्थानीय सरकारले सक्दो गरेको छ,त्यो समिक्षा कै बिषय बन्नेछ तर जनअपेक्षा तत्कालीन सिहदरबार पुगेको डेलिकेशनले पनि पर्याप्त पुर्वाधार हुन नसक्दा स्थानीय अच्चमित देखिन्छन् ।

मैले स्थलगत यात्रामा सायल ३ को वडामा  बीउ वितरण भएको अपुग देखे,उता स्याउबारी ढंग भन्ने ठाउँमा तारबार नभएकोले जंगली जनावरको मनपरि देखे,ठाउँ ठाउँमा झोलुङे पुल बनाउनुपर्ने देखे, एकअर्काे गाउँ जाने गोरेटो बाटो बनाउनु पर्ने देखे, कतिपय ठाउँमा काठेपुल बनाउनु पर्ने देखे,बगाएको पानी घट्ट देखे,बाढीले च्यापिएका मठमन्दिर ,स्कुलका शौचालय देखे,बाढी खर्क भित्र पुगेको देखे,सरकारहरुसंग अनुरोध गरिएको देखे,प्रहरी बाढीले बगाएको ठाउँमा पुगेको पनि देखे,कतिपय ठाउँमा जनप्रतिनिधि बाढीले बगाएको ठाउँसम्मन नपुगेको पनि देखे,स्थानीय तहको सरकारले सायलमा सयौं राम्रा काम गरेको पनि देखे,ती सरकारले गरेका कामहरुको पर्याप्त प्रचार नभएको पनि देखे,स्कुलहरुमा लगानी,सडकमा लगानीमा ,स्वास्थ्यमा लगानी,अनाथ बालबालिकालाई मासिक भत्ताको व्यवस्था गरिएको पनि देखे ,बेरोजगार एकल पुरुषलाई भत्ता दिएको पनि देखे,प्राविधिक धार तर्फ स्थानीय तहमै कक्षा संचालन नभएको पनि होईन ।

गाविसको पाला भन्दा तुलनात्मक बढी विकास भएको पनि देखे ,यति हुदाहुदै सबैलाई रोजगारि कुनै पनि तहका सरकारले दिन नसकेको चरम अवस्था अहिले प्रष्ट देखिन्छ । भारतबाट घर भित्र थुनिएका युवा फेरि भारत जाने सल्लाह गर्दै गरेको दुख सुने,कतिपय युवा सरकारले विभिन्न अवसर दिन खोजेकाले अब भारत नजाने भन्दै कुराकानी गरेको पनि सुने , यसैबिच सायल ४ का युवा पुर्ण बिष्टले आफ्नै स्वदेशमा केहि गर्नुपर्छ भन्ने उदेश्यले  माछापालन अनि कृषि तर्फ लाग्ने हामीसंग बताए ।

भारतबाट फर्केर घरमै बसेकालाई प्रदेश सरकारले विभिन्न कृषि पेशामा लाग्नेलाई अनुदान दिने भनेपछि कृषि शाखा सायलमा ठूलो भिड देखे,वडामा सिफारिस लिनेको अर्को भिड पनि देखे,स्थानीय सरकारलाई माया गर्ने पनि टन्न देखे,गुनासो गर्ने पनि देखे,स्थानीय सरकारले सबैका सवाल मसिनो ढंगले सुन्ने गरेको पनि देखे । हरेक समस्या स्थानीय सरकारसंग जोडिएका पनि देखे ।

प्रदेश र केन्द्र सरकारले विकास बजेट जनमुखी बनाउन स्थानीय सरकारलाई नै साथ दिएको देखे,दिनहुँजसो बढदो बेरोजगारीका कारणले सस्तोमा मजदुरी गर्न बाध्य युवाहरु पनि उतिकै छन । स्थानीय सरकारले सबैका घोषणा पत्र अनुसार काम गर्न नसकेको भए पनि गाउँपालिका प्रोफाइल तयार गरेको छ  तर  त्यो कार्यन्वयनमा नआउको देखे , सायल जलश्रोतबाट सम्पन्न हुने आधार पनि देखे,सायलकृषिको लागि उर्वर भुमि उत्तिकै हो ।

यहाँ अलैंची खेती ,चिया खेती ,अदुवा खेती ,बेसार खेती आदिको उत्तिकै सम्भावना छ । अझ भन्नुपर्दा सायलमा पर्यटनको सम्भावनाको लागी उत्तिकै काफी छ ।

यहाँ जिल्लाको सबैभन्दा अग्लो झरना पनि सायलमै छ, मिनि खप्तड चर्केलेक र चौरिषेलेक देखे । खरिखानि र बालुवा गिट्टी सजिलोसँग पाउने सायलिगाढका असलामाछा देखे,ती माछा पछिल्लो समय संरक्षणमा स्थानीय सरकारको बजेट अभावका कारण खासै नजर नपरेको देखे, गोलेदेउला,मालिका ,तामागिरि मालिका ,अशुद्धाला गुफा ,कालाढुङा मन्दिर ,डुमरि कालिका मन्दिर सायलका प्रसिद्व तिर्थ स्थल हुन ।

ती मठ मन्दिर नजिकै पाहुना घर बनाउनु पर्ने देखे,सबैभन्दा राम्रो हराएका चुनावी घोषणा पत्र अनुसार विकासका लागि कम्तीमा २५/३० बर्षे साझा अवधारणा पत्र गुरु योजना अनुसार विकासक्रम गर्न सके नमुना सायल बन्नमा दुई मत छैन । 
(लेखक : नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )युवा नेता एवम्  जिल्ला कमिटी सदस्य हुन ।)


प्रतिकृया दिनुहोस