२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

चार्डपवको मुखमै मुगलान जाँदै सुदूरपश्चिमवासी

पुनर्वास खबर शुक्रबार ०९, असोज २०७७ ०७:४०

चार्डपवको मुखमै मुगलान जाँदै सुदूरपश्चिमवासी

कञ्चनपुर । कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सुदूरपश्चिमवासी चार्डपवको मुखमै मजदूरी गर्न फेरि भारत पस्न बाध्य भएका छन । स्वदेशमा रोजगारीको अभावले एक छाक टार्न धौ-धौ भएको भन्दै उनीहरु फेरि कोरोनाकै माहामारीमा भारत पस्न थालेका छन ।

खुला सीमा नाकाका कारण सुदूरपश्चिम लगायतका अन्य प्रदेशका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन । रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य भएका छन् । नेपालमा लकडाउन भएसँगै नेपाल भित्रिएका उनीहरु पाँच महिना आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएको बझाङका विरेन्द्र सार्कीले गुनासो गरे।

नेपालमा काम गर्दा ज्याला पनि थोरै हुने र  काम पनि लामो समयसम्म गर्न नपाईदा घर व्यावहार चलाउन समस्या हुने गरेकोले भारत पस्न लागेको उनको भनाई छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री हुदाँ रोजगारीका अवसरहरू सिर्जना गरेर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने बताउँदै आएपनि प्रदेशमा रोजगारी सिर्जना गर्ने योजना र कार्यक्रमहरू अझै सञ्चालन हुनसकेका छैनन् ।

जसका कारण आर्थिक अभावकै कारण यहाँका नागरिक भारत जाने गरेका छन । कैलाली कञ्चनपुरको सिमा नाका गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर अहिले दैनिक हजारौको संख्यामा भारत गईरहेका छन ।

भारतको रोजगारीमै परिवार निर्भर रहेकाले कोरोनाको महामारी भएपनि परिवार सहित भारतको  सुरत गईरहेको नेपालगंजका टेक बहादुर सार्कीले बताए । स्थानीय स्तरमै रोजगारी उपलब्ध गराए स्वदेशमै बस्ने चाहाना बोकेका युवाहरु स्वदेशमै रोजगारीका अवसर नपाउँदा चार्डपर्वको मुखमै भारत जान बाध्य भएका छन ।

त्रिनगर भन्सारस्थित हेल्थ डेस्कका ईन्र्चाज दिनेश ठकुल्लाले पछिल्ला दिनहरुमा भारतबाट फर्किनेभन्दा जानेको संख्या बढ्दै गएको बताए । सुदूरपश्चिमका आधिकांश नागरिक भारतका पञ्जाब, दिल्ली, मुम्बई र सुरत लगाएतका ठाँउमा जाने गरेका छन  । 


प्रतिकृया दिनुहोस