२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

महाकाली सिंचाई आयोजनाका प्रमुख ११ लाख घुस सहित पक्राउ

पुनर्वास खबर शुक्रबार ०९, असोज २०७७ ०९:१९

महाकाली सिंचाई आयोजनाका प्रमुख ११ लाख घुस सहित पक्राउ

कञ्चनपुर। महाकाली सिंचाई आयोजना, कञ्चनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँ सहित पक्राउ परेका छन्।

बिहीबार सुन्धाराको होटल इसन प्रालिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। बरामद रकम उनले घुस वापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विष्टले बरामद रकमको स्रोत खुलाउन नसकेछि सो रकम आयोजनाका ठेकदारसँग लिएको प्रहरीले दाबी गरेको छ।पक्राउ पश्चात निर्देशक बिष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ।


#कञ्चनपुर

प्रतिकृया दिनुहोस