२०७७ कार्तिक ०६ गते बिहिबार | 22 October, 2020

गजल: सम्झना बडु

पुनर्वास खबर बिहिबार ०८, असोज २०७७ ०७:२०

गजल: सम्झना बडु

जिन्दगी देखेर कहिले काही मर्न मन लाग्छ
अझ फेरि आफूले आफैलाई हेर्न मन लाग्छ।।
सुन्दरता यो मन भित्र कसैको आँखा लाग्यो 
कोमल यो मन देखि डराउन मन लाग्छ।।
जहाँ छ रङ्गीन संसार मेरो ठूलो चाहना
सुसेलेर त्यो छाँगाबाट झर्न मन लाग्छ।।
आवत जावत यो कोमल दिल तलाश्दै छ
जता जता जान्छ उतै सर्न मन लाग्छ।।


प्रतिकृया दिनुहोस