२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

सनराइज बैंकबाट अब एटीएम र चेकबिनै रकम निकाल्न सकिने

पुनर्वास खबर बिहिबार ०८, असोज २०७७ ०६:००

सनराइज बैंकबाट अब एटीएम र चेकबिनै रकम निकाल्न सकिने

सनराइजबैंकले बैंकका काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभएपनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । 

यस सेवाको सुरुवात सँगै अब बैंकमा खाता हुने सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइजस्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड QR Code स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

 यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड QR Code स्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपंैया सम्म नगद निकाल्न सक्नेछन् । 
      
पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ । 


प्रतिकृया दिनुहोस