२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि

पुनर्वास खबर बिहिबार ०८, असोज २०७७ ०१:३०

डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि

डडेल्धुरा । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा विहिबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४३ नमुनाहरमध्ये ११ जनामा संक्राण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये एकजनाको मृत्यु भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु सहित ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले बैतडीको पुर्चौडी नगरपालिकाका नौं जना, पाटन नगरपालिकाका एकजना र डडेल्धुराको नबदुर्गा गाउँपालिकाका एकजनाको कोरोनाका कारण मृत्यु भएको बताए । अन्य ३२ जनाको कोरोना परिक्षण रिपार्ट नेगेटिभ आएको छ ।


#डडेल्धुरा

प्रतिकृया दिनुहोस