२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

पहिरोमा पुरिएर स्याङ्जामा ४ जनाको मृत्यु

पुनर्वास खबर बिहिबार ०८, असोज २०७७ १०:१८

पहिरोमा पुरिएर स्याङ्जामा ४ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ ।२८ वर्षीया विनिता नेपालीको पहिचान भएपनि दुई जनाको पहिचान हुन बाँकी छ ।

घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले जनाएको छ ।त्यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । बाबुराम दमाईका छोरा विष्णु दमाईको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस