२०७७ कार्तिक १४ गते शुक्रबार | 30 October, 2020

कोरोनाका कारण भारतका रेल राज्यमन्त्रीको मृत्यु

एजेन्सी बिहिबार ०८, असोज २०७७ ०९:३९

कोरोनाका कारण भारतका रेल राज्यमन्त्रीको मृत्यु

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार निधन भएको छ। ६५ वर्षीय अङ्गडीको उपचारका क्रममा उनको एम्स अस्पतालमा निधन भएको हो।

११ सेप्टेम्बरमा कोरोनाको रिपोर्ट पोजोटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वयं ट्विट गर्दै उनले यसको जानकारी गराएका थिए। उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत दुःख व्यक्त गरेका छन्।


प्रतिकृया दिनुहोस