२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

पुनर्वासमा उत्पन्न स्थानीय युवा र प्रहरी बिचको बिवाद टुङ्गो लाग्यो

पुनर्वास खबर बुधबार ३१, भदौ २०७७ ०४:१०

पुनर्वासमा उत्पन्न स्थानीय युवा र प्रहरी बिचको बिवाद टुङ्गो लाग्यो

कञ्चनपुर ।कञ्चनपुरको पुनर्वास नगरपालिकामा गत शनिबार जुवा तास खेलिरहेको अवस्थामा केही ब्यक्ति पक्राउ हुदा  स्थानीय युवा र प्रहरी बिच  भएको विवादको टुङ्गो लागेको छ ।

मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो,कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनी, पुनर्वास नगरपालिकाका प्रमुख जिवन थापा लगायतकोको उपस्थितिमा दुवैपक्षबाट भएका कमिकमजोरी सच्चाएर आगामी दिनमा अझै शान्ति सुरक्षाका लागि मिलेर अघि बढ्ने सहमतिमा विवादलाई टुङ्गो लगाएको  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले पुनर्वास नगरपालिका ५ भानु बस्ती स्थित रहेको चौतारीमा तास खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको थियो ।


#कञ्चनपुर

प्रतिकृया दिनुहोस