२०७७ असोज ०९ गते शुक्रबार | 25 September, 2020

धनगढीमा गरिएको परिक्षणमा थप २९ जनामा कोरोना पुष्टि

पुनर्वास खबर बुधबार ३१, भदौ २०७७ ०३:५२

धनगढीमा गरिएको परिक्षणमा  थप २९ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा बुधबार थप २९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण भएका ४२५ नमुनाहरुमध्ये २९ जनामा संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका २१ जना र कञ्चनपुरका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनले कैलालीको टीकापुरको वडा नम्बर १ का एकजना, जोशीपुर गाउँपालिका वडा नम्बर ७ का एकजना, गौरीगंगा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिकाका दुईजना, धनगढी उपमहानगरपालिकाका ४ जना र लम्कीचुहाँ नगरपालिकाका ४ जना गरी कैलालीका २१ जनामा संक्रमण देखिएको बताए ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ का दुईजना र भिमदत्त नगरपालिकाका ६ जना गरी कञ्चनपुरका ८ जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


प्रतिकृया दिनुहोस